दाङ : माध्यामिक विद्यालय तुलसीपुर सेन्टरले विद्यालयमा पढाउने शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, शिक्षक अभिभावसंघका छोराछारी अनिवार्य रुपमा यहि विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । आउँदो शैक्षिक सत्रदेखि विद्यालयका अनिवार्य रुपमा आफ्ना छोराछारीहरु यहि विद्यालयमा कार्यरत सबैले पढाउने भन्ने कुराको सहमत भएको विद्यालयका प्रधानध्यापक भागवत पौडेलले बताए । उनका अनुसार यदि कुनै पनि शिक्षकहरुले त्यो निर्णय पालना नगरेका खण्डमा यस विद्यालयबाट सरुवा मिलाएर अन्य विद्यालयमा जानसक्ने अवसर दिइएको छ । यस्तै उनले यस विद्यालयबाट पासआवट हुने बेलामा सबै विद्यार्थीहरु प्रथम श्रेणीमा नै पास भएर जाउन भन्ने उदेश्यका साथ आफूहरु लागि रहेको समेत बताए । विद्यालय मेघा स्कुलको परियोजनामा परेको हुँदा पूर्वाधारको विकास पनि गरिरहेको उनको भनाइ छ । यस्तै उनले अहिले विद्यालयमा २५ सय बढि विद्यार्थीहरु रहेको र आउँदो शैक्षिक सत्रमा कम मात्रमा विद्यार्थी भर्ना गरेर रोक्नु पर्ने अवस्था रहेको पनि बताए ।
यस्तै विद्यालयले जीपनउपयोगी ५ वटा विषय स्वीच सरकारको सहयोगमा १७० जना विद्यार्थीहरुलाई निःशुल्क रुपमा टेक्निकल विषय पढ्दै आएको र एउटा विद्यार्थीले ६० हजार छात्रबृत्ती पाउने हुँदा सबै विद्यार्थीले गरी एक करोड २ लाख रुपैयाँ पाउने गरेको समेत उनको भनाइ थियो । यस्तै उनले शिक्षाको गुणस्तरका सय प्रतिशत पुरा गर्न नसकेको अवस्थामा यो बर्षदेखि गुणस्तर सुधारको लागि काम गर्न लागेको समेत बताए । उनले भने,‘ विद्यालयको शिक्षा बिग्रीनुको मुख्य कारण केहि बर्षदेखि उद्धार शिक्षा उन्नती कार्यक्रम रहेको छ । एकदेखि कक्षा ७ सम्मका विद्यार्थीहरु फेल नगर्ने भन्ने रहेको थियो । जसले गर्दा पठन संस्कृती बिग्रियो । लेटर ग्रेडिङ प्रणालीका कारण पनि समस्या भएको हो ।’ उनका अनुसार आफ्नो विद्यालयका विद्यार्थीहरु कक्षा १० पास गर्दा सतप्रशिसत उत्रिर्ण हुन्, भन्ने उदेश्यका साथ अगाडि बढ्न लागिएको छ ।
उनले उद्धार कक्षा उन्नतीलाई पूर्णरुपमा बन्द गरेर बास्तविक तरिकारले परीक्षाको नतिजा निकाल्ने र विद्यार्थीहरुले जुन कक्षामा पढेका छन्, त्यो कक्षाको सक्षमता आर्जन गराएर मात्र माथि लग्ने भनेर विद्यालयले त्यो रननिति अपनाएको समेत बताए । यसैगरी उनले अब विद्यालयमा तिन प्रकारले पठनपाठन गराउने उदेश्य रहेको भन्दै साधारण, मध्यम र विशिष्टिकृत रहेको समेत बताए । उनले भने,‘ साधारणमा नेपाली माध्यमबाट पढाइ हुन्छ, भने मध्यममा अंग्रेजी र विशिष्टकृतमा पुरै अंग्रेजी माध्यमबाट पढाइ हुने र सबै शिक्षकहरु ‘ए’ ग्रेडको हुन्छन्, सबै बाहिरबाट ल्याएर नियुक्त हुन्छन् । स्मार्ट कक्षाहरु यसमा पर्दछन् ।’ कक्षा ६ देखि १० सम्म विशिष्टकृत शिक्षाको लागि थोरै अभिभावकहरुसँग सहयोग लिने समेत उनले बताए । ५ सम्म निःशुल्क, मध्यम अंग्रजीको लागि कक्षादेखि ७ सम्म मासिक ३ सय र कक्षा ८ देखि १० सम्म ४ सय मासिक शुल्क त्यो पनि स्वइच्छा रहेको उनले बताए ।
विकिष्टकृत शिक्षाको लागि एक हजार देखि १५ सयसम्म अभिभावकसँग सहयोग लिने र यदि आर्थिक कम्जोरी भएका विद्यार्थीहरुलाई निःशुल्क पढाउने उनको भनाइ थियो । यस्तै विद्यालय निम्न आर्थिक भएका बालबालिकाहरुलाई मध्यनजर गरी एक लाख पोशाकको लागि बजेट छुट्टाएको समेत उनले बताए । शिशुदेखि युकेजीसम्म एउटा कोठामा २५ जना, कक्षा ५ सम्म ३० जना र त्यो भन्दा माथि ४० जनासम्म विद्यार्थी राख्ने समेत उनले बताए । उनका अनुसार कक्षा कोठामा विद्यार्थीहरुले शिक्षकले पढाएको कुरा कति बुझे भनेर डायरी सिस्टम लागू गरेको र त्यो डायरीमा कुन विषयको शिक्षक कतिबजे कक्षा कोठामा प्रवेश गर्नुभयो, कति समय पढाउनुभयो, कति विद्यार्थीले पढाएको बुझे भन्ने बारेमा विद्यार्थीले शिक्षक कक्षा कोठामा भएको बेला टिप्पणी गर्ने र त्यो डायरीमा शिक्षकले हस्ताक्षरण गरेमा निस्कने
व्यवस्था मिलाएका छौँ । यस्तै उनले विद्यालयले बालबालिकाहरुलाई पठनपाठनमा मात्र नभइ विभिन्न क्रियाकलापहरु गराउँदै आइरहेको समेत बताए । खेलकुद, संगीत लगायतका अतिरिक्त कक्षाहरु विद्यार्थीहरुलाई दिँदै आइरहेको उनको भनाइ छ । यस्तै उनले विद्यालयमा ५ / ६ वटा सेक्सनहरु रहेको बास्तविक नतिजा निकाल्नको लागि एउटा सेक्सनको शिक्षकले अर्काे सेक्सनका विद्यार्थीलाई परिक्षा बनाउने र जुन विषयमा विद्यार्थी फेल हुन्छन्, त्यसमा पास नहुँदासम्म सम्बन्धित शिक्षकलाई निःशुल्क कोचिङ पढाउने दिने गरेको समेत उनले बताए । बैशाख २ देखि ५ गतेसम्म विद्यालयका आन्तरिक विद्यार्थी र ५देखि १० गतेसम्म बाहिरबाट आएका विद्यार्थीहरु भर्ना गर्ने उदेश्य रहेको उनले बताए । यस बर्षको बर्ष अभियानको नारा‘ समय मै भर्ना, समय मै ज्ञान, गुणस्तरिय शिक्षा सबैको अभियान’ रहेको उनले बताए ।