दाङमा अटो र मिक्चरसँग ठोक्किँदा ७ जना घाइते

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र २५ गते आइतवार

दाङ :  दाङको शान्तिनगरमा अटो र मिक्चर ठोक्किँदा ७ जना घाइते भएका छन् । घाइते हुनेमा शान्तिनगर गाउँपालिका ४ का अटो चालक ३८ वर्षीय ज्ञान बहादुर केसी, अटोमा सवार सोही ठाउँका ८ वर्षीय अनुराग पुन, ३७ वर्षीय दुर्गा रायमाझी , उनकी छोरी १३ वर्षीय दिपशिखा रायमाझी , सोही ठाउँकी ३१ वर्षीय यामा पुन, २६ वर्षीय पार्वती पुन र ९ वर्षीय कृष्णा पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए । 

प्रहरीका अनुसार चिराघाटबाट शान्तिनगर तर्फ जाँदै  गरेको रा १ ह २६१२ नम्बरको अटो र सोही दिशा तर्फ जाँदै गरेको मिक्चर बोकेको रा १ त ३७४३ नम्बरको ट्याक्टर शान्तिनगर ४ चिराघाट नजिकै  आइतबार बेलुका ठोक्किँदा दुर्घटना भएको हो । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

डाक्टरहरू नहुँदा बिरामीहरू छटपटाइ रहे, यो धेरै लापरबाही भयो : अध्यक्ष बस्नेत

दुर्घटना भएको थाहा पाए लगत्तै गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत आफू चढ्ने गाडी सहित अर्को गाडीमा घाइतेहरूलाई १० मिनेटमा राप्ती प्रादेशिक अस्पतालमा पुर्‍याएका थिए । उनले आफू चढ्ने गाडीमा ४ जना घाइतेहरूलाई ल्याएका थिए । अस्पतालको इमरजेन्सीमा घाइतेहरुलाई पुर्‍याएको भएयता पनि अस्पतालमा डाक्टरहरू नहुँदा घाइतेहरू धेरै समयसम्म बेडमा छटपटाइरहेको भन्दै उनले नागरिकहरूले सेवा पाउन सरकारी अस्पताल यस्तो अवस्था हुनुमा धेरै लापरबाही भएको समेत बताए ।

उनले भने,‘ गरिब दुखहरू उपचार गर्न आउने भनेको अस्पताल यस्तो हुनु दुख कुरा हो । घटना भएर घाइतेहरू बेडमा छटपटाइ रहेको अवस्था थियो । डाक्टरहरू आफ्नो ड्युटी समयमा नहुनु यो धेरै लापरबाही भयो ।  यहाँ आउने बिरामीहरू समय मै उपचार नपाएर मर्ने रहेछन्  जस्तो मलाई लाग्यो । मैले दुर्घटना भएको १० मिनेटमा घाइतेहरुलाई ल्याएर आएको थिए । तर, यहाँ डाक्टर भेटिएनन् । यसरी नागरिकले कसरी उपचार पाउँछन्, यस अस्पतालबाट  ? उनका अनुसार घाइते मध्य अटो चालक र अर्की एक जना बालिकालाई उपचारको लागि बाँके रिफर गरिएको  छ । उनीहरु अवस्था गम्भिर रहेको समेत उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार