दाङ : नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष तथा साहित्यकार नारायण प्रसाद शर्माले गुरुकुल एकेडेमी भित्रको शैक्षिक वातावरण निकै राम्रो र मनोरम महसुस हुने बताए । घोराही उपमहानगरपालिका १५ मा रहेको गुरुकुल ऐकेडेमि को कक्षा १० का विद्यार्थीहरूको दीक्षान्त समारोह कार्यक्रमको उद्घाटन गदै उनले यस्तो बताए ।
गुरुकुल एकेडेमीको व्यवस्थापन मात्र नभई शैक्षिक वातावरण पनि निकै समुन्नत तथा मनोरम भएको बताए। विद्यालयको नाम गुरुकुल एकेडेमीले नयाँ तथा पुना अभिभावकलाई समेत लोभ्याउने समेत उनले बताए । गुरुकुल शब्दले पुरानो उच्च संस्कृति अनुशासन नीति नैतिकताको आधारमा वृद्धि गर्दै लैजाने पनि बताए । यसै आधारमा बालबालिकाहरूको मनोविज्ञान बुझेर शिक्षण सिकाइ गर्दा सिकाइ उपलब्धि प्रभावकारी हुन सक्ने उनले बताए। उनले विद्यार्थीहरूलाई दबाब दिएर सिकाइ उपलब्धि नहुने भन्दै त्यसै अनुसार शिक्षण सिकाइ अगाडि बढाउन शिक्षकहरूलाई आग्रह समेत गरे ।
विद्यालयका विद्यार्थी सङ्ख्या बढाउनभन्दा पनि गुणस्तरीय शिक्षा दिन विद्यालयहरू लाग्नु पर्ने समेत उनले बताए । शिक्षासँगै विद्यार्थीहरूलाई संस्कार सिकाउन लाग्नु पर्ने भन्दै आगामी दिनमा पनि यसरी अगाडि बढ्नुपर्ने कार्यक्रमका वक्ताहरूले बताएका थिए । विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसीले प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ अगाडि बढाइएको बताए । पूर्ण मानव सृजना गर्ने मूल ध्येयका साथ सञ्चालनमा आएको गुरुकुल एकेडेमीले विद्यार्थीहरूलाई दिइने शिक्षण सिकाइमा कुनै कमजोरी नहुने बताए । साथै कार्यक्रममा उपस्थित सबै अभिभावहरूलाई धन्यबाद समेत प्रदान गरे । आइतबार भएको दीक्षान्त कार्यक्रममा कक्षा १० का २४ जना विद्यार्थीहरूलाई दीक्षान्त गरिएको हो । सो अवसरमा विद्यार्थीहरूले बिभिन्न नृत्य प्रस्तुत गरेको थिए ।
कार्यक्रममा गुरुकुल एकेडेमी गणित विषयका शिक्षक अरबिन्द अधिकारी ,प्लस टु व्यवस्थापन विषयका संयोजक डम्बर रावत विद्यालय संयोजक महेन्द्र पौडेल , नेपाली विषयका शिक्षक विवेक देवकोटा ,अभिभावक तथा कक्षा १० का विद्यार्थीहरू प्राप्ति अधिकारी उत्सव पोख्रेल शुभेच्छा पौडेल र दिपेश वलीले मन्तव्य राखेका थिए । विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसीको अध्यक्षता तथा विद्यालयका विज्ञान विषयका संयोजक भुवन आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आइएसए संयोजक इन्द्र प्रसाद पोख्रेलले गरेका थिए ।