महिला फुटबल टोली चितवन प्रस्थान 

Author Logo..
लक्ष्मण बस्नेत २०८० चैत्र २५ गते आइतवार


दाङ :  प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता २०८० मा भाग लिन लुम्बिनी प्रदेशको महिला फुटबल टोली  आइतबार  चितवनको भरतपुर प्रस्थान गरेको छ । प्रदेश खेलकुद परिषद बाग्मतीको आयोजनामा चैत २६ गते देखि बाग्मतीको प्रदेशको राजधानी हेटौडामा हुने सुरु हुने प्रतियोगितामा भाग लिन लुम्बिनी प्रदेशको २० सदस्यीय महिला फुटबल टोली त्यस तर्फ प्रस्थान गरेको हो । टोलीलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराईले एक कार्यक्रमको आयोजना गरि टीका तथा खादा लगाएर बिदाई गर्नु भएको लुम्बिनी प्रदेश फुटबल संघका कोषाध्यक्ष तथा टिम म्यानेजर केशव चौधरी मिग्माले जानकारी दिए । 

बिदाई समारोह लाई सम्बोधन गर्दै सदस्य सचिव भट्टराईले  लुम्बिनी प्रदेश खेलकुदको गरिमा लाई उच्च राख्ने गरि खेल प्रदर्शन गर्न खेलाडी लाई शुभकामना दिए। साथै उनले खेलकुद क्षेत्रमा प्रदेश खेलकुदले स्थापित गरेको गरिमा लाई अझ फराकिलो पार्दै जितको अग्रिम शुभकामना दिए ।  लुम्बिनी प्रदेश ले आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल बखान रङ्गशाला चितवन भरतपुरमा मंगलबार दिउँसो तीन बजे हुने टिम कोच जनक केसीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार