अस्थिर राजनीतिकले संघीयता माथि ग्रहण लाग्ने खतरा बढ्छ : मुख्यमन्त्री चौधरी

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र २२ गते बिहिवार

दाङ :  अस्थिर राजनीतिले संघीयता कार्यान्वयनमा ग्रहण लाग्न सक्ने मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।   देशको चौथो विषेश अधिवेशनमा सम्बोधन गर्दै बिहीबार मुख्यमन्त्री चौधरीले पदबाट राजीनामा घोषणा गर्दै त्यस्तो कुरा बताए । उथलपुथल मात्रै खोजे संघीयता जोगाउन मुस्किल पर्ने उनको भनाई थियो । केन्द्रमा हुने राजनीतिक सत्तासमिकरणका कारण भइ रहने सत्ताको फेर बदलले प्रदेश सरकारको लक्ष्य र उद्देश्य पुरा हुनेमा प्रश्न उठेको बताए । सत्ताको फेरबदल र संसद्‌मा त्यही आधारमा हुने कुर्सीको फेरबदल प्रदेशको भन्दापनि माथिको कारण भइ रहेको भन्दै छिनका छिन परिवर्तन भइ रहने यस्तो समीकरणले अस्थिरता मात्रै ल्याउने उनले बताएका थिए ।

‘राजनीति र संघीयतामा ग्रहण लागेको हो कि रु हामीले बनाएको ऐन कानुन त्यस्तै हो ,’ उनले भने ‘अब माथिका नेताहरूलाई घचघच्याउनु जरुरी भइ सकेको छ ।’ फेरबदल भइ रहने सत्ता समीकरण संविधानको अर्थ र भावना अनुरूप नभएको हुँदा त्यसले साँच्ची संघीयतालाई लागू गर्न , विकासका पाइला अगाडि बढाउन लागेका छौं कि रु ती भत्काउन लागेका छौं , भनेर आशंका पैदा भएको बताए । आउने मुख्यमन्त्रीले पनि फोटो झुण्डयाउने मात्रै नहोस् भन्दै उनले त्यसको औचित्य पुष्टि गर्न सक्नु पर्ने औंल्याएका थिए । ‘साँच्ची हामीले खाएको तलब भत्ता र चढ्ने गाडीको औचित्य पुष्टि गर्न सक्नु पर्छ । सत्ताले सबै कुरा दिदैँन त्यसको औचित्य पुष्टि गर्नुपर्छ,’ उनले भने ।

त्यो औचित्य आफू  नेतृत्वको सरकारले पुष्टि गर्न लागि परेको र प्रतिपक्षमा रहेपनि त्यस्तै रचनात्मक सहयोग रहने मुख्यमन्त्री चौधरीले बताए । लुम्बिनी प्रदेशको विकास र समृद्धिका लागि दातृ निकाय र संघ संस्थाबाट सहयोग ल्याउन तयारी पारेको हुँदा सबै मिलेर काम गर्नु पर्ने उनले बताएका थिए । मुख्यमन्त्री चौधरीले संघीयताले हरेक जनतामा पहुँच पुग्छ भन्ने विश्वास गरिएपनि त्यसको पहुँच मोफसलमा मात्रै सीमित रहेको गुनासो गरे । ‘ संघीयताले विकासमा प्रतिष्पर्धा ल्याउँछ भन्ने हो । तर, केन्द्र सरकारले अहिले पनि संघीयता प्रदेशलाई दिएको छैन,’ उनले भने ‘ राजनीतिक फेरबदलले केही महिना एउटा यता र केही महिना अर्को उता हुने अवस्थाले संघीयता कार्यान्वयनमा जटिलता थपिएको छ ।’

कर्मचारीले राजनीतिक फेरबदल हुनासाथ कामै नगर्ने र एक महिना अगाडिदेखि नै बाहना गरि बिदा बस्ने प्रवृत्तिले काम गर्न सकस भएको बताए । कर्मचारीले बजेट छुट्याइए पनि विकास गर्न नजानेको तथा छुट्याएको पैसा पनि कार्यान्वयनमा असहयोग गरेको गुनासो गरे । ‘ हामीले प्रशासन चुस्त दुरुस्त कहिलै राख्न सकेनौ । योजना कार्यान्वयन पक्ष निकै कमजोर रह्यो,’ उनले भने ‘अर्थमन्त्रीले बजेट वक्तव्य पढे पनि त्यो उहाँले नै बुझ्नु भएको थिएन ।’ अन्तिम समयमा आएर रोकिन पुगेको लुम्बिनी शिखर सम्मेलन बारे धेरै गलत भ्रमहरू सृजना गरेको उनले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार