लुम्बिनीमा माओवादीका महरालाई मुख्यमन्त्री बनाउन ४ दलसहित एक स्वतन्त्र सहमत

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र २२ गते बिहिवार

दाङ : लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन चार दलसहित एक जना स्वतन्त्र सांसदले लिखित रूपमै प्रतिबद्धता जनाएका छन् । रोल्पाबाट प्रतिनिधित्व गर्ने महरालाई उनको पार्टी, नेकपा एमाले, जसपा, नेकपा एकीकृत समाजवादीका साथै स्वतन्त्र सांसद खड्ग बस्नेतले लिखित रुपमा प्रतिबद्धता जाहेर गरेका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ । एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले यो बीचमा पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन् । लुम्बिनीमा एमालेका २९, माओवादीका सभामुखसहित  ११, जनता समाजवादीका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्रबाट १ सांसद रहेका छन् । यी दलहरूको योगफल ४५ पुग्छ ।

नागरिक उन्मुक्ति र जनमतका ४ जना सांसदहरू रहेका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादीका ३ सांसद छन् । उनीहरूले पनि महरालाई समर्थन गर्ने बताइएपनि लिखित प्रतिबद्धता भने जनाइ सकेका छैनन् । उनीहरु मौन बसेका छन् । लुम्बिनीमा कांग्रेसका २७ सांसद छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ सांसद छन् । राप्रपाले यो सत्तासमीकरणमा सहभागिता नजनाउने निर्णय गरि सकेको छ । १ सांसद रहेको राष्ट्रिय जनमोर्चाले के गर्छ भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार