दाङ : बुटवलबाट सुर्खेतका लागि छुटेकाे लु१ख ७३६३ नम्बरको बसको पट्टा भाँचिएर तुल्सीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको यात्रु बस संग ठोक्किन पुग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
साे बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन । पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका–३ वनगाउँमा दुईवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । दुर्घटनामा घाइते मध्ये ७ जनालाई थप उपचारका लागि बाहिर रिफर गरिएको छ भने केहि घाइतेहरु डिस्चार्ज भैसकेको र केहीको लमही अस्पतालमा उपचार भैरहेको छ ।
बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बस र तुल्सीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको यात्रु बस एक आपसमा ठोकिएका थिए । सामान्य घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाईएको छ ।
घाइते हुनेमा घोराही उपमहानगरपालिका– १५ निवासी वर्ष ५० का विनोद पौडेल, राप्ती गाउँपालिका–१ निवासी ८२ वर्षिय हुम बहादुर राना, राप्ती गाउँपालिका– २ लालमटिया निवासी ७८ वर्षिया चन्द्र कमला थापा, सोहि ठाउँ निवासी वर्ष ४७ का घनश्याम थापा रहेका छन ।
यस्तै जिल्ला रुपन्देही देवदह नगरपालिका– ४ निवासी वर्ष ६३ का रुद्र प्रसाद पौडेल, जिल्ला रुपन्देही सैनामैना –४ का ५७ वर्षीय तुलावीर विष्ट, शुद्दोधन गाउँपालिका– ३ निवासी सृष्टी खनाल, सोहि ठाउँ निवासी ५ वर्षिया अंशु नेपाल, बुटवल उपमहानगरपालिका– १० निवासी ४२ वर्षिया पार्वती अर्याल, रोल्पा जिल्ला थवाङ्ग गाउँपालेका–३ निवासी वर्ष ३१ का दीपेन्द्र बुढा मगर, दीपेन्द्रका १० महिनाका छोरा सुमन बुढा मगर, कपिलवस्तु जिल्ला इमिलिया निवासी वर्ष ३४ की टिका विक रहेका छ्न ।
यस्तै सोहि ठाउँ निवासी वर्ष ९ का निर्मल विक, कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका– १ निवासी ६२ वर्षीय थम्मन विष्ट घाइते भएका छन । यस्तै गढवा गाउँपालिका– २ पचाहिया निवासी वर्ष ३८ का लक्ष्मन थारु, जिल्ला डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका–२ निवासी विश्व कुमारी थापा, लमही नगरपालिका–६ कहिरी निवासी ४० वर्षीय गोविन्द पाण्डे र भुरी गाउँ बर्दियाका डेढ वर्षिया गृष्मा थारु, राप्ती गाउँपालिका–२ निवासी ७० वर्षिया शिवादेवी राउत क्षेत्री, जिल्ला प्युठान झिमरुक गाउँपालिका– ४ निवासी २८ वर्षिया तुल्सा बुढाथोकी, जिल्ला पाल्पा तानसेन नगरपालिका– १० निवासी ३२ वर्षिया सविता न्यौपाने र सोहि ठाउँ निवासी ९ वर्षिया स्वस्तिका न्यौपाने घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता जनक बहादुर मल्लले जानकारी दिए ।
रा १ ख २५८१ नम्बरको बस चालक गढवा गाउँपालिका– २ पचहिया निवासी वर्ष ३८ का लक्ष्मन थारु, राप्ती गाउँपालिका– २ लालमटिया निवासी ७८ वर्षिया चन्द्र कमला थापा र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई लमही अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।