दाङमा बस ठाेक्किदा १३ जना घाइते

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र २१ गते बुधवार

दाङ : दाङकाे देउखुरीमा बस एक आपसमा ठोकिँदा १३ जना यात्रु घाइते भएका छन । लमही नगरपालिका -३ वनगाउँमा दुइवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको बस एक आपसमा ठोकिएका थिए । दुर्घटना दुबै बसमा सवार यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

सामान्य घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ , भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार