दाङ : दाङकी एक महिला ६ किलो चरेससहित बर्दियामा पक्राउ परेकी छन् । सोमबार बढैयाताल गाउपालिका २ स्थित फुटाहा चोकबाट दाङको लमही नगरपालिका– ४ की ४५ वर्षीया आशा चौधरी पक्राउ परेकी हुन । नेपालबाट भारतको बलेगाउँ तर्फ जाँदै गरेकी उनको साथबाट चेकजाँचका क्रममा प्रहरीले करिब ६ किलो चरेस बरामद भएको जानकारी दिएको छ ।
चौधरीको साथबाट १२ पोका ५ केजी ९२५ ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय बर्दियाको सूचना शाखाले जानकारी दिएको छ । उनको साथबाट भाङको डल्ला २८ पिस समेत बरामद भएको थियो ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस