काठमाडौँ : नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ। इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेकाले यसो गर्नुपरेको निगमले उल्लेख गरेको छ। भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ४.७६ रुपैयाँ बढेको निगमले उल्लेख गरेको छ। डिजेल‚ मट्टितेल र ग्याँसको मूल्य भने यथावत् रहेको बताइएको छ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस