दाङ : सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको बिचमा समन्वय अपरिहार्य रहेको बताइन् । बिहीबार जिल्ला प्रशासन कार्यालय दाङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले विकास र सुशासनका लागि जनप्रतिनिधि र कर्मचारी बिचको समन्वय र सहकार्य अपरिहार्य रहेको बताइन् ।
उनले जिल्लामा भैरहेका विकास निर्माण का काम र आवश्यक बजेटका बारेका जिल्लाका स्थानीय तहदेखि विभिन्न सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया गर्दै लक्ष्यमा पुग्न र विकास निर्माण देखि हरेक प्रकारका सेवा नागरिकलाई सर्वसुलभ तरिकाले प्रदान गर्न समन्वय आवश्यक पर्ने बताइन।
आर्थिक, सामाजिक तथा पूर्वाधार लगायतको विकासमा सम्बन्धित निकायले आआफ्नो क्षेत्रबाट जिम्मेवारपूर्वक काम गर्न उनको आग्रह गरिन। उनले सरकार अब बजेट निर्माणको प्रक्रिया रहने बताउँदै जिल्लामा विकास निर्माणका लागी आवश्यक योजना र बजेटको बारेमा थप जानकारी गराउँन आग्रह गरिन् ।
उनले निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार सडक, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्य लगायतका विकासका पूर्वाधारहरूमा आफूले ध्यान दिइरहेको समेत बताइन् । उनले कर्मचारीहरूले पनि देश र जनता प्रति इमानदार भई सरकारका नीति तथा कार्यक्रमहरूलाई तदारुकताका साथ कार्यान्वयन गर्नु पर्ने बताइन् । साथै उनले समग्र जिल्लाको विकासका लागि सङ्घीय सरकारले गर्ने हरेक प्रकारको सहयोगमा आफू प्रतिवद्ध रहेको बताइन् ।