काठमाडौँ : आयरल्याण्ड ए विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले पहिलो जित हात पारेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर शुरुवाती ब्याटिङ थालेको आयरल्याण्ड ए ले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो। १६ ओभरमा ४ विकेट गुमाउँदै नेपालले लक्ष्य हात पारेको हो। नेपालका लागि कुशल भुर्तेलले ३७ रदिपेन्द्रसिंह ऐरीले २० रन नटआउट, सन्दीप जोराले ३६, आशिफ शेख १६, गुलशन झा ४ र कप्तान रोहित पौडेल शून्यमा आउट भए।
आयरल्याण्ड ए का लागि स्टीफन डोहेनीले सर्वाधिक ४६ तथा लियाम म्याककार्थी र टमस मेयसले १६/१६ रन बनाए। फिओन ह्यान्डले ११ रनको योगदान गरे। केड कार्माइकल ८ तथा कप्तान नेल रक व्यक्तिगत ५ रनमा पेवेलियन फर्किएका थिए। बलिङतर्फ गुल्सन झा, ललित नारायण राजवंशी र कुशल भुर्तेलले २/२ विकेट लिए। नेपाली राष्ट्रिय टिमले आयरल्याण्ड उल्भ्ससँग भोलि दोस्रो खेल खेल्ने तालिका छ। त्यसपछि नेपालको ए टोलीले टी–२० र एक दिवसीय सिरिज खेल्नेछ।