मोटरसाइकल अनियन्त्रित भएर  किराना पसल भित्र पुग्दा ३ जना घाइते

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र १२ गते सोमवार

दाङ :  तुलसीपुरमा मोटरसाइकल अनियन्त्रित भएर  किराना पसल भित्र पुग्दा ३ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर १८ का १९ वर्षीय मनिष बिक, सोही ठाउँका १६ वर्षीय सुरज महत र पसल सञ्चालक तुलसीपुर ६ का ४५ वर्षीय लोक प्रसाद हलवाई रहेको प्रहरीले जनाएको छ ।  

बिजौरीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा २ प ७१७३ नम्बरको टु–ट्वान्टी पल्सर मोटरसाइकल सोमबार बिहान पौने ११ बजेतिर  तुलसीपुर ७ पर्सेनी बजारमा अनियन्त्रित भएर हलवाईको पसलमा भित्र पुग्दा दुर्घटना भएको हो । घाइते मध्य मोटरसाइकल चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते ३ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार