बस चालकलाई कारबाही र क्षतिपूर्ति माग राख्दै हुलाकी सडक अवरुद्ध

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र ११ गते आइतवार


दाङ :  दाङमा बस र मोटरसाइकल एक आपसमा ठोकिँदा २ जनाको मृत्यु भएपछि घटनामा संलग्न बस चालकलाई कारबाही र उचित क्षतिपूर्तिको माग राख्दै हुलाकी राजमार्ग अवरुद्ध गरिएको छ । 
मृतक परिवारका सदस्य तथा आफन्तहरूले मृतक व्यक्तिको शव उठाउन दिएका छैनन् । 

राजपुर गाउँपालिका ५ नौंसहरा निवासी २३ वर्षीय प्रमोद यादव र सोही ठाउँ निवासी २४ वर्षीय प्रदिप यादवको मृत्यु भएको छ । शनिबार बेलुका राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवानौसरा बिचमा रहेको कोरिया खोला पुल नजिक रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार