मोटरसाइकल र बस एकआपसमा ठोक्किदा दुईजनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र ११ गते आइतवार

दाङ  : राजपुर गाउँपालिका–५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला मोटरसाइकल र बस एकआपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ। गएराति गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा राजपुर गाउँपालिका–५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।

मोटरसाइकल चालक प्रमोद यादवको घटनास्थलमै र गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको मल्लले बताए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार