प्रधानमन्त्री प्रचण्डको बेमानीका कारण गठबन्धन तोडिएको हो : कांग्रेस पौडेल

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र १० गते शनिवार

दाङ :  नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले माओवादीको बेमानीका कारण तत्कालीन गठबन्धन तोडेको आरोप लगाए । शनिबार रिपोर्टर्स क्लब दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डको बेमानीका कारण गठबन्धन तोडिएको भन्दै आफूहरुको रोदन नभई वास्तविकता भएको पनि बताए । उनका अनुसार कांग्रेस पार्टी पहिलो हुँदा पनि कांग्रेसको भन्दा पनि आधा सिट भएको माओवादी पार्टीको नेतृत्वलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्नु पनि अचम्मको विषय थियो । गठबन्धनमा नेतृत्व गर्नेको कामप्रति चित्त नबुझाएर गठबन्धनमा आवद्धहरुले गठबन्धन तोड्ने भएयता पनि नेतृत्व गनले नै आफै गठबन्धन तोडेको आरोप लगाए ।

उनले भने,‘ गठबन्धनमा पनि थोरै सिट भएको नेता प्रधानमन्त्री प्रचण्डले धेरै सिट भएको पहिलो पार्टीलाई गठबन्धनबाट निकालिदिनुभयो । तत्काली गठनबन्धनलाई ५ बर्षसम्म निरन्तर दिने कुरा भएको भन्दै उनले काँग्रेसको महासमिति बैठकमा दस्ताबेज मै उल्लेख गरेर भनेको बताए । निर्वाचनमा जुन गठबन्धन बनाएको थियौँ, त्यहि गठबन्धनसँग संगै सरकारमा रहने र समझदारी, इमान्दार पूर्व चल्ने भनेर नेपाली कांग्रेसले भनेको समेत उनले बताए । यस्तै उनले निर्वाचनमा कसरी जाने भन्ने कुरा पार्टीमा भर पर्ने कुरा भएको भन्दै निवार्चनमा गठबन्धन गर्ने कुरा पार्टीमा एकमत नभएको पनि जिकिर गरे ।

उनले भने,‘ निर्वाचनमा माओवादीसँग गठबन्धन गर्दा पार्टी भित्र निकै टिका टिप्पणी भएको थियो । आम साथीहरुले स्वीकार नगरेको स्थिती बनेको थियो । खास गरी माओवादीको जनयुद्धमा नेपाली कांग्रेस माथि भएको प्रहार र निशानाको बिषयमा पार्टीमा पेचिलो र गम्भिर ढंगबाट उठेकोे थियो । ’ माओवादीलाई नै नेतृत्वमा लिने गरी निर्वाचनमा आफ्नो चुनाव चिन्हमा मत नहालेर माओवादीको चुनाव चिन्नमा मत हाल्ने कुरा हाम्रा मतदाताहरुले स्वीकारको विषय नभएको कुरा गएको निर्वाचनले पुष्टि गरेको उनको भनाइ थियो । यस्तै उनले सरकार संचलानको सन्दर्भमा संसदभित्र गठबन्धन गर्ने र त्यसैका आधारमा सरकार बनाउने भनेर आफूहरुले स्वीकार गरेर जनतालाई स्थिरताको निम्ती गठबन्धन गरेको भनेको समेत बताए । उनका अनुसार तत्कालीन गठबन्धन कसैले तोड्न सक्ने स्थिती नभएको र विभिन्न बाधा, अड्चनको बाजुत पनि हामीले निरन्तरता दिने कोसीस गरेका थियौँ ।

यस्तै उनले कांग्रेसलाई सत्तामा जान कुनै हतार नभएको बताए । उनले राजतिलक गर्दा कहिले सत्तामा र कहिले विपक्षमा हुने भन्दै कांग्रेस पार्टी प्रमुख प्रतिपक्ष दलका रुपमा संसद्मा प्रभावकारी र रचनात्मक भूमिका गरेर अगाडि बढ्ने बताए । सत्तामा जानको निम्ति अप्राकृतिक प्रपञ्च गर्न जरुरी नभएको समेत उनको भनाइ थियो । उनले भने,‘ हामीले कसैलाई अस्वभाविक रुपमा कुर्सी दिएर वा गतिविधिहरू गरेर सत्तामा जान कोसिस गर्ने छैनौ, गरेका पनि छैनौँ । हामीलाई परिस्थितिले नै सत्तामा लैजान्छ । यो गठबन्धन आफै ढल्ने र अर्को बन्ने गठबन्धनमा कांग्रेस सत्तामा जान्छ । त्यसैले हामीलाई हतार गर्न कुनै आवश्यक छैन, हामी त्यो समय पर्खेर बस्नु पर्छ । ’ उनका अनुसार संघ र प्रदेशमा प्रमुख प्रतिपक्षको भूमिकालाई कसरी प्रभावकारी बनाउन सकिन्छ, भनेर केन्द्रित भएर हामी अगाडि बढ्ने तयारीमा छौँ । यस्तै माओवादीको बेइमानीका कारण तत्कालीन गठबन्धन तोडेको आरोप लगाए ।

यस्तै उनले गृहमन्त्री रवि लामिछाने माथि छानविन हुनु पर्नेमा अहिले त्यो मन्त्रालयको उनको नेतृत्वमा हुँदा छानविन राम्रोसँग नहुनेमा आफूहरू शंका रहेको पनि बताए । उनीमाथि प्रश्न उठिरहेको अवस्थामा छानविन निष्पक्षता , स्वतन्त्र हुने सुनिश्चिताको माग कांग्रेस गर्दै आइरहेको उनको धारण थियो । उनले भने,‘ प्रधानमन्त्रीले गठबन्धन तोड्दै गर्दा कसैमाथि छानविन भएको छ, भने हामी त्यसलाई हामीले मन्त्रिमण्डलमा ल्याउँदैनौँ, भन्नु भएको थियो । तर, अहिले प्रश्न उठिरहेको व्यक्तिलाई त्यहो मन्त्रालयको जिम्मेवारी दिँदा छानविन निष्पक्षता हुँदैन । त्यही कारणले अहिले हामीले प्रश्न उठाएका हौँ ।’ यस्तै कांग्रेसले गृहमन्त्रीको राजिनामा दिनुपर्छ, भन्ने कुरा नभएको भन्दै राजिनामा दिने कि नदिने ब्यक्तिको नैतिकतासँग जोडिएको विषय भएको हुँदा छानविन प्रभावित नभइ हुनु पर्छ, भन्ने खोजेको उनको भनाइ थियो । राज्यको संरचनाले शक्तिशाली व्यक्तिमाथि छानविन गर्न नसक्ने भएकाले त्यसको लागि संसदीय छानविन आयोग बनाउनु पर्छ, भनेर माग गरेको समेत उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार