मैत्रिपूर्ण फुटबल खेलमा कर्मचारी टिम विजयी

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र १० गते शनिवार


दाङ : साझा टाइम्स प्रालिको आयोजनामा आज भएको मैत्रिपूर्ण फुटबल खेलमा तुलसीपुर उपमहानगरपालिकाको कर्मचारी टिम बिजयी भएको छ । साझा टाइम्स प्रालिको पाँचौ वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको मैत्रिपूर्ण फुटबल खेलमा निकै कडा प्रतिष्पर्धा भएको थियो । पहिला भएको ८०  मिनेटको खेलमा समान ६ / ६ गोल भएपछि पुनः १५  मिनेटको समय थप गरी खेल हुँदा पनि  नतिजा निकाल्ने प्रयास गरिएको थियो । तर उक्त थप गरिएको समयमा पनि नतिजा निस्किन नसकेपछि  खेल टाइब्रेकरमा पुगेको थियो । 

खेल बेलझुण्डी रङ्गशालामा भएको थियो । यसरी खेल क्षेत्रबाट आफ्नो वार्षिक उत्सव मनाउँदा र अन्य बिभिन्न खेल प्रतियोगिता आयोजना हुँदा जिल्लालाई खेलकुदको अब बनाउन सकिने वक्ताहरूले बताएको थिए । स्वास्थ्यका लागि खेलकुद निकै आवश्यक भएको हुँदा साझा टाइम्स अनलाइनले गरेको खेल आयोजना लागि शुभकामना समेत प्रदान गरेका थिए ।  कार्यक्रमका अतिथिहरूले अनलाइनको सफलताको शुभकामना व्यक्त गर्दै पत्रकार तथा मिडिया चलाउनको लागि जुन कठिन परिस्थितिमा पनि यस्ता  खालका कार्यक्रमहरू आयोजना गर्दा यसले बिभिन्न फाइदा हुने बताएका  थिए ।

साझा टाइम्सका अध्यक्ष तथा सञ्चालक सुमन केसीको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका खेल संयोजक शिवानन्द डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सहजिकरण खेल संयोजक दीपक वलीले गरेका थिए । अनलाइनको वार्षिक उत्सवको अवसरमा आज मैत्रिपूर्ण फुटबल खेलको आयोजना भएको थियो भने भोलि शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी बिभिन्न विधामा सहयोग गर्ने ब्यक्तिहरूलाई सम्मान गरिने संस्थाका अध्यक्ष तथा सञ्चालक सुमन केसीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार