सरकारद्धारा नयाँ मिटरब्याज जाँचबुझ आयोग गठन

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र ९ गते शुक्रवार

काठमाडौं : सरकारले मिटरब्याज सम्बन्धी जाँचबुझका लागि नयाँ आयोग गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको हो। गृह मन्त्रालयको प्रस्तावमा गठित आयोगमा पूर्व एआइजी पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य रहेका छन्।

सरकारले यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो । त्यस आयोगले ५ हजारभन्दा बढी मिटरब्याजसम्बन्धी लेनदेन टुंग्याए पनि पीडितहरू पैदल हिँडेर काठमाडौं आएपछि सरकारले नयाँ आयोग बनाउने सहमति गरेको थियो ।

यसैबीच सरकारले राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय गरेको छ। सत्ता समीकरण फेरबदलसँगै आयोग नयाँ बन्ने गरेको छ। बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरूको महसुलसम्बन्धी विवाद निरुपण गर्न रायसहित सरकारलाई प्रतिवेदन बुझाउन गठित जाँचबुझ आयोगको म्याद १५ दिन थप गर्ने निर्णय गरेको छ। अब आयोगको म्याद चैत २५ गतेसम्म रहनेछ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार