मेट्रो कलेजमा तालिमको समापन 

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र ८ गते बिहिवार


दाङ :  तुलसीपुर मेट्रो कलेजले आयोजना गरेको सात दिने फ्रिज, एसी र वासिङ मेसिन मर्मत तालिमको समापन गरिएको छ । मेकानिकल इन्जिनियरिङ कार्यक्रममा अध्ययनरत विद्यार्थीका लागि आयोजना गरिएको तालिम विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउनका लागि सञ्चालन गरिएको थियो । तालिम समापन कार्यक्रममा बोल्दै कलेज प्रमुख वसन्त आचार्यले विद्यार्थीहरूलाई टिक्ने र बिक्ने बनाउनका लागि तालिमको आयोजना गरिएको बताए ।

किताबी ज्ञानले मात्रै प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरूमा  सीप र क्षमताको विकास नहुने भएकाले कलेजले थप सीप विकासका लागि तालिम सञ्चालन गरिएको पनि उनको भनाई थियो । “विद्यार्थीहरूले ज्ञान आर्जनसँगै सीप र सीपसँगै आम्दानी पनि गर्न सकुन् भनेर नै तालिमको व्यवस्था गरिएको हो ” शिक्षालय प्रमुख आचार्यले भने ।  

शिक्षालयले विभिन्न कार्यक्रममा अध्ययनरत विद्यार्थीका लागि विभिन्न सीपमुलक तालिम प्रदान गर्दै आइरहेको पनि आचार्यले जानकारी दिए । शिक्षालयमा अध्ययनरत ३० जना विद्यार्थीहरूको सहभागिता रहेको तालिमका प्रशिक्षकमा बासुदेव न्यौपाने रहेका थिए । शिक्षालयका कार्यक्रम संयोजक अपिल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक आयुषा रेग्मी र विद्यार्थी गिरिराज थापाले अनुभव बाँडेका थिए भने कार्यक्रमको सहजिकरण प्रशासकीय सहायक सुधासुमन ढकालले गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार