पूर्वसभामुख महरा नर्भिक अस्पताल भर्ना

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र ६ गते मङ्गलवार

फाइल तस्बिर

काठमाडौं : सुन प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई नर्भिक अस्पताल थापाथली भर्ना गरिएको छ।  कमजोर स्वास्थ्य अवस्था कारण देखाउँदै काठमाडौं जिल्ला अदालतले अस्पतालमा राखेर अनुसन्धान गर्न दिएको आदेशका आधारमा उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

उनका अनुसार सुरक्षा पहराका साथ महरालाई अस्पतालमा भर्ना गरिएको हो। महराले आफू बिरामी भएको बताएपछि अदालतले प्रहरीलाई चार दिन हिरासतमा राख्न र अस्पतालमा राखेरै अनुसन्धान गर्न अनुमति दिएको थियो। नेता महरालाई आजै कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार