टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र ३ गते शनिवार


दाङ :   दाङमा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुने घोराही उपमहानगरपालिका ४ का ४५ वर्षीय काली प्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शुक्रबार राती करिब साढे ८ बजेतिर  घोराही उपमहानगरपालिका १७ सिस्ने खोला नजिक घोराहीबाट गोग्लीतर्फ जाँदै  गरेको रा १ ख २१६२ नम्बरको  टिपरले  साइकलमा सवारी चौधरीलाई ठक्कर दिएको थियो ।  

टिपरले ठक्कर दिँदा घाईते भएका चौधरीको  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको  क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना पछि फरार भएको गाडी र चालकलाई प्रहरी आइतबार पक्राउ गरेको  जिल्ला प्रहरी दाङका प्रवक्ता एवं डीएसपी जनक बहादुर मल्लले जानकारी दिए ।  घोराही १७ बेलबारका २९ वर्षीय  चालक  सुनिल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार