लायन्स क्लबले दियो विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र २ गते शुक्रवार

 दाङ : लायन्स क्लब अफ तुलसीपुर इशानले घोराही ९ तेघरामा रहेको नरदेवी मावि तेघरामा शैक्षिक सामग्री वितरण गरेको छ । सामाजिक उत्तरदायित्वको भावनाले क्लबले नरदेवी मावि तेघरामा आज एक कार्यक्रमको आयोजना गरी गरिब तथा जेहेन्ददार बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

शिक्षण सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयका ५० बढि बालबालिकालाई झोला, कापी र कलम बितरण गरिएको क्लबका अध्यक्ष ऋषिराज भण्डारीले बताए ।  शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले क्लबका साथीहरू बाट संकलित रकमबाट शैक्षिक सामग्री वितरण गर्दा बालबालिकामा देखिएको खुसीले हर्ष विभोर भएको बताए ।

अझैपनि दूरदराजका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालकालिका शैक्षिक सामग्री किन्न पनि नसक्ने अवस्थामा रहेको र सोही कारण विच मै पढाइ छाड्न नपरोस् भन्ने उद्देश्यका साथ बालबालिकाको अनुहारमा खुसी भर्नका लागि सानो सहयोग गरेको बताए । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल खड्काले विद्यालयले गरेको आग्रहलाई लायन्स क्लबले आत्मसाथ गरी विद्यालयका बालबालिकालाई गरेको शैक्षिक सामग्रीले बालबालिकाको शैक्षिक सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । लायन्स क्लब अफ तुलसीपुर इशानले ४५ हजार मूल्य बराबरको शैक्षिक सामग्री विद्यालयका बालबालिकालाई वितरण गरेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार