मावि दोघरेमा रेग्मी र शाहले अक्षयकोष स्थापना गरे

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र २ गते शुक्रवार

दाङ : माध्यामिक विद्यालय दोघरे दाङमा दुई जना दाताहरूले अक्षयकोष स्थापना गरेका छन् । शुक्रबार  विद्यालय व्यवस्थापन समितिका संस्थापक सचिव टिकाराम रेग्मी र अर्का दाता रेणु शाहले अक्षयकोष स्थापना गरेका हुन् ।  उनीहरूले विद्यालयका प्रधानध्यापक सुनिता यादव र विद्यालय व्यवस्थापन समितिका सदस्य नन्दलाल भण्डारीलाई  चेक हस्तान्तरण गरेका थिए ।  टिकाराम रेग्मी, विमला रेग्मी र सल्यानको शारदा नगरपालिका २ डाडाँ गाउँ घर भइ हाल तुलसीपुर ८ मा बस्दै आएका ससुरा बेगराज अधिकारी र सासु नेत्र कुमारी पोख्रेलको संयुक्त रुपमा २ लाख १५ हजार २०५ रुपैयाँको अक्षयकोश स्थापना गरको हुन् ।

 अक्षयकोषको चेक हस्तान्तरण कार्यक्रममा बोल्दै रेग्मीले अन्नदान संकलन गरेर आफूहरूले स्थापना गरेको विद्यालयमा अक्षयकोष स्थापना गर्न पाउँदा धेरै खुशी लागेका बताए ।  यस्तै उनले आफूहरू  स्थापना गरेको अक्षयकोषबाट ४ जना विद्यार्थीहरूलाई अध्ययन गर्नको लागि थोरै भएपनि राहत मिल्ने बताए । उनले विद्यालयमा अक्षयकोष स्थापना गर्दा एउटा मापदण्ड बनाउनु पर्ने र कतिदेखि कति सम्म स्थापना गर्दा के गर्ने विषय हुनु पर्ने सुझाव दिए । उनले स्थापना गरेको अक्षयकोष कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने २ जना र कक्षा ९ र १० मा अध्ययन गर्ने २ जनालाई वार्षिक रुपमा छात्रवृत्ति दिइने छ । 


यस्तै तुलसीपुर ९ बेलुवा निवासी रेणु शाहले आफ्ना स्वर्गीय आमा बुबाको नाममा ५० हजार ५ को अक्षयकोष स्थापना गरेकी छन् । उनले पनि उक्त अक्षयकोष बराबरको चेक हस्तान्तरण गरेकी हुन् । उनले कार्यक्रममा बोल्दै स्वर्गीय बुवा मछिन्द्र  बहादुर शाह र आमा राजकुमारी शाहको सम्झनामा अक्षयकोष स्थापना गरेको बताइन् । उनले बुवा आमाको नाममा केही गरौँ र उहाँको आत्मशान्तिको लागि अक्षयकोष स्थापना गरेको बताइन् । आफूले स्थापना गरेको अक्षयकोषबाट जेहेन्ददार र अतिविपन्न विद्यार्थीलाई दिन समेत आग्रह गरिन् । 


यस अघि विद्यालयका प्यूठान निवासी एक जना दाताले ५० हजार बराबरको अक्षयकोष स्थापना  गरेको र अहिले पनि दुई जना व्यक्ति अक्षयकोष स्थापना गर्दा निम्न आर्थिक भएका विद्यार्थीहरूलाई एउटा मलम पट्टीको काम गर्ने विद्यालयका सहायक प्रधानध्यापक घनश्याम आचार्यले बताए । 

यस्तै कार्यक्रममा बोल्दै विद्यालयकी प्रधानध्यापक सुनिता यादवले दुई जना दाताहरूले अक्षयकोष स्थापना गरेर विद्यालयलाई धेरै  गुण लगाएको बताइन् । उनले यस विद्यालयमा अध्ययन गर्ने असहाय विद्यार्थीहरूको लागि अक्षयकोष स्थापना गरेर उनीहरूको शिक्षामा एउटा जिम्मेवारी वहन गरेको समेत बताइन् । उनले दाताहरूका लागि यो कार्य सानो भएयता पनि विद्यालयका लागि अतुलनीय रहेको भन्दै छात्रवृत्ति पाउने विद्यार्थीहरूले शिक्षा लिनको लागि  एउटा अवसर पाउने समेत बताइन् । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक मेघराज पोख्रेलले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार