पत्रकार थापामाथि भएको दुर्व्यवहार प्रति प्रेस युनियनको आपत्ति

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र १ गते बिहिवार

दाङ :  नेपाल प्रेस युनियन दाङका सदस्य सुदन थापा माथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै नेपाल प्रेस युनियन दाङले आपत्ति प्रकट गरेको छ । युनियनका जिल्ला अध्यक्ष नारायण खड्का र सचिव अमर क्षितिज भण्डारीले विज्ञप्ति जारी गर्दै युनियनका जिल्ला सदस्य थापा माथि भएको प्रहरी दुर्व्यवहार प्रति आपत्ति प्रकट गरेका हुन् । थापा बुद्ध हस्पिटलमा एक बालकको मृत्यु भएपछि समाचार सङ्कलनका क्रममा त्यहाँ पुगेका थिए । बालकको निधन भएपछि त्यहाँ मृतकका परिवार तथा आफन्तले गरेको विरोध प्रदर्शनको भिडियो खिचिरहेका थापालाई प्रहरीले दुर्व्यवहार गरेको थियो ।

थापाले भिडियो खिच्दाखिच्दैको क्यामरा तथा मोबाइल खोसेको र उनलाई धक्का मुक्का भएको भिडियो समेत सार्वजनिक भएको छ । साथै पत्रकार थापाको क्यामरामा समेत क्षति पुगेको छ । जिम्मेवार निकायबाट  एउटा पत्रकारलाई समाचार सङ्कलनको क्रममा अवरोध उत्पन्न गर्दै दुर्व्यवहार गर्नुले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको गम्भीर हनन भएको युनियनले जनाएको छ । उक्त घटनाको भर्त्सना गर्दै यसखालका गतिविधि नदोहोराउन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न, सम्बन्धित निकायप्रति माग गर्दै थापाको क्षतिभएको क्यामराको क्षतिपूर्तिको लागि समेत युनियनले माग गरेको छ । थापा जनआवाज अनलाइन टिभीमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार