सुशासनको क्षेत्रमा घोराही उपमहानगर उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन ३० गते बुधवार


काठमाडौं  : घोराही उपमहानगरपालिका उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत भएको छ । नेपाल नगरपालिका संघले आफ्नो ३१ औँ वार्षिक उत्सवका अवसरमा घोराही उपमहानगरपालिकालाई संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनको क्षेत्रमा राम्रो काम गरेको मूल्यांकन गर्दै उत्कृष्ट नगरपालिकाका रुपमा पुरस्कृत गरेको हो ।

काठमाडौँमा आयोजित एक समारोहका बिच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई उक्त उत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदानगरे । देशभरका नगरपालिकाहरूबाट प्राप्त कार्य सम्पादनका आधारमा मूल्यांकन गर्दा घोराही उपमहानगरपालिका संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनको क्षेत्रमा उत्कृष्ट भएको हो । पुरस्कार प्राप्त गरेपछि नगर प्रमुख चौधरीले जनप्रतिनिधि, कर्मचारी एवं सम्पूर्ण सरोकारवाला पक्षहरूलाई धन्यबाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार