कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन २९ गते मङ्गलवार

कैलाली : कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ।  सोमबार अपराह्न गुड्दै गरेको अवस्थामा   पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ख ५२९७ नम्बरको ट्रकमा पछाडिबाट एक्कासी आगलागी लागेपछि लम्कीचुहा नगरपालिका ३ स्थित कर्णाली पुलमा पनि क्षति पुगेको थियो। प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ। आगलागीबाट पुलको १४  ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ ।

पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जानकारी दिए। कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौं तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न आग्रह गरेको इलाका प्रहरी कार्यालय चिसापानी जनाएको छ ।

कर्णालीको पुुलमा गुड्दै गरेको अवस्थामा सोमबार अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ख ५२९७ नम्बरको ट्रकमा पछाडिबाट एक्कासी आगलागी भएको थियो । लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाबाट आएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो चार घण्टापछि राति ९ बजे पूर्णरूपमा नियन्त्रणमा आएको थियो ।  आइतबार अपराह्न वीरगञ्जबाट लाइटर एक हजार एक सय कार्टुन लिएर हिँडेको ट्रक   कर्णाली पुलमा पुग्दा आगो लागेको थियो।  आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार