दाङ : घोराही स्थित कटुवाखोलाको पुलबाट कार खसेको छ । सोमबार साढे ९ बजेतिर कटुवाखोलामा कार खसेको प्रहरीले बताएको छ । कार चालक ललितपुर महानगरपालिका १५ घर भएका उज्ज्वल केसी सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मापसे गरेर गाडी चलाउँदा खसेको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घाइते केसीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस