दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु 

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन २८ गते सोमवार


दाङ :  दाङमा बसको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका ४ निवासी करिब ४० वर्षीय हरिप्रसाद पौडेलको बुटवलबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३९९८ नम्बरको बसले ठक्कर दिँदा  उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

साइकलमा घर फर्किदै  गर्दा लमही नगरपालिका ३ बनगाउँ नजिक पौडेललाई बसले ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घाईते पौडेललाई उपचारको लागी लमही अस्पताल पुर्‍याईएको थियो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार