शिक्षक शिक्षिकाले अभिभावकत्व ग्रहण गरौँ : नगरप्रमुख खड्का 

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन २७ गते आइतवार


दाङ : तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले विद्यालयका शिक्षक  शिक्षिकाहरूलाई सबै बालबालिकाहरूको अभिभावकत्व ग्रहण  गर्न आग्रह गरे  । तुलसीपुर उपमहानगरपालिका शिक्षा  युवा तथा खेलकुद महाशाखाको आयोजनामा संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूका लागि आयोजित उत्प्रेरणात्मक कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले सबै विद्यार्थीहरूलाई आफ्नै बालबालिकाजस्तै व्यवहार गरी शिक्षा प्रदान गर्न निर्देशन दिए ।

सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खड्काले पछिल्लो समयमा विद्यार्थीहरू नेपालमै बस्ने वातावरण हट्दै गएकाले विद्यालयबाट नै नेपालमै बस्ने किसिमको शिक्षा प्रदान गर्न आग्रह गरे  ।

नगरप्रमुख खड्काले आगामी शैक्षिक सत्रदेखि पालिकामा कार्यरत कर्मचारी तथा विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरूले सामुदायिक विद्यालयमै अनिवार्य रूपमा आफ्ना छोराछोरीहरूलाई पढाउनुपर्ने बताए ।  कार्यक्रममा  नरबहादुर कार्कीले प्रशिक्षण दिएका थिए, भने कार्यक्रमको सञ्चालन महाशाखाका अधिकृत मनबहादुर खड्काले गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार