जसपाका तीन मन्त्रीले आज शपथग्रहण गर्दै

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन २७ गते आइतवार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई मन्त्री र एक राज्यमन्त्रीले आज शपथग्रहण गर्दैछन्।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदै छ। यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सम्हाल्ने छन्।  जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन्।  उनीहरुले आज शपथ ग्रहण गर्ने भनिए पनि समय निश्चित भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार