दाङ : राप्ती बबई क्याम्पस तुलसीपुर दाङका सहायक क्याम्पस प्राध्यापक हिमालय श्रवण देवकोटाको निधन प्रति राप्ती बबईमा क्रियाशील पाँच विद्यार्थी सङ्गठनहरूले संयुक्त रूपमा शोक वक्तव्य जारी गरेका छन् । शुक्रबार साँझ तुलसीपुर ४ निवासी राप्ती बबई क्याम्पसका सहायक क्याम्पस प्राध्यापक हिमालय श्रवण देवकोटाको असामयिक निधनले सम्पूर्ण विद्यार्थी लगायत क्याम्पसमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै, शनिबार पाँच विद्यार्थी सङ्गठनका अध्यक्षहरूको हस्तान्तरणमा संयुक्त शोक वक्तव्य जारी गरेका हुन् ।
अनेरास्ववियुका अध्यक्ष प्रदिप बस्नेत नेविसंघ सभापति भीमार्जुन बस्नेत अखिल ( क्रान्तिकारी ) का अध्यक्ष भद्र बहादुर खत्री ( भुपेश ) अनेरास्ववियु अध्यक्ष केशव पुन अखिल ( समाजवादी ) का अध्यक्ष केबी सिको संयुक्त हस्ताक्षरको शोक वक्तव्यमा मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार तथा आफन्तजनहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन ।’