काठमाडौं : मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल हङकङसँग रनले ७३ रनले पराजित भएको छ। मोङ ककमा घरेलु टोली हङकङले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २० बल बाँकी छँदै १३९ रनमा समेटिएको थियो । १० ओभरमा २ विकेट गुमाएर १०४ रन बनाएको नेपाल त्यसपछि लगातार विकेट गुमाउँदै गएको थियो । नेपालका लागि बिनोद भण्डारीले सर्वाधिक ४२ रन , आरिफ शेखले ३८ रन , र कप्तान रोहित पौडेलले ३० रन बनाएको थिए, भने अरू खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
गुल्सन झाले ८, रासिद खानले ३, कुशल भुर्तेल, र आकाश चन्द र सन्दीप जोराले २र२ रन बनाउँदा विवेक यादव एक र प्रतिस जिसि शून्यमा आउट भएका थिए । हङकङका ऐजाज खानले सर्वाधिक ४ विकेट लिएका थिए, भने इसान खानले ३, नसरूल्ला राना, अतिक इकवालले एक/ एक विकेट खसाले। टस हारेर पहिला ब्याटिङमा आएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रनको विशाल योगफल बनाएको थियो ।
हङकङका बाबर हायातले शतकीय पारी खेलेका थिए । ४९ बल खेलका उनले १३ छक्का र ३ चौका प्रहार गर्दै ११० रनको बनाएका थिए । नेपालका लागि आकाश चन्दले ३, रासिद खान, प्रतिश जिसि र आरिफ शेखले समान एक/ एक विकेट लिए। टी– २० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङ गएको हो। सिरिजको पहिलो दिन आइतबार नेपाल र हङकङबीच प्रतिस्पर्धा हुनेछ । यस्तै नेपालले फागुन २९ गते पपुवान्युगिनीसँग दोस्रो खेल खेल्ने तालिका छ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ।