गुरुकुलद्धारा राउटेले बनाएको काठका भाँडा खरीद

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन २५ गते शुक्रवार


दाङ :  घोराही उपमहानगरपालिका १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीले राउटेद्धारा निर्माण गरिएका काठका भाँडा खरीद गरेको छ । समाजसँग गुरुकुल भन्ने हेतुका साथ दैलेखको गुराँस गाउँपालिकामा बसोबास गर्ने राउटेहरुले काठबाट बनाएका बिभिन्न प्रकारका भाँडा खरीद गरेको विद्यालयका प्रधानाध्यापक डा.  कृष्णराज डिसीले बताए ।  राउटेहरुले बनाएको भाँडा खरीद गर्नुको कारण केही समय अगाडि कर्णाली प्रदेशबाट आर्थिक सहयोग माग्न भनी विद्यालयमा आएका थिए सोही समयमा विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले आर्थिक सहयोग गरेका थिए,  भने उनले उनै राउटेहरुको मेहनतको कदर गर्ने भन्दै आफ्नो सीप प्रयोग गरी काठबाट भाँडा बनाउन आग्रह गरेका थिए ।

 सोही आग्रह बमोजिम राउटेहरुले काठबाट बिभिन्न किसिमका भाडा निर्माण गरेर विद्यालयमा आएका हुन् ।  राउटेहरुले  बनाएको भाँडा गुरुकुल एकेडेमीले खरीद गर्दा एकातिर राउटेहरुको आर्थिक आयआर्जन हुने र अर्को तिर विद्यालयका विद्यार्थीहरूलाई यस्ता भाँडा सम्बन्धी जानकारी मूलक ज्ञान दिन पाइने भएको हुँदा उक्त काठबाट बनेका भाँडा खरीद गरिएको अध्यक्ष ई. घिमिरेले बताए ।  एकेडेमीले राउटेहरुसंग काठबाट बनेका बिभिन्न किसिमका भाँडा जस्तै बाकस, ढकनी सहितका कोस , पिर्का लगायतका भाँडाहरू जम्मा ५ हजार २५० मा खरिद गरेको हो । जङ्गलको राजा मानिने १४६ जना राउटेहरु कर्णाली प्रदेशको सुर्खेत र दैलेखमा बसोबास गर्दै आएका छन । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार