तुलसीपुरमा दारीको चिया घर सञ्चालनमा

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन २५ गते शुक्रवार

दाङ : तुलसीपुरमा दारीको चिया घर सञ्चालनमा आएको छ । तुलसीपुरको मालपोत कार्यालय अगाडि शान्तिनगर गाउँपालिका ६ चिलरियाका एक युवाले  दारीको चिया घर सञ्चालनमा ल्याएका हुन् । आईटी अध्ययन गरेका सञ्चित चौधरीले केही दिन अगाडि उक्त पसल संचालनमा ल्याएका हुन् ।  काठमाडौँका जागिर गरिरहेको उनले त्यो जागिर छाडेर नयाँ किसिमले दारीको चिया घर सञ्चालन गरेका हुन् । उनका अनुसार दारी स्पेलश चिया पाइन्छ ।

उनले भने,‘ मैले आईटी पढेको छु । जागिर पनि खाएको थिए । तर,   मलाई जागिर भन्दा आफै केही गरौँ, भन्ने लागेपछि थोरै लगानीमा  यो व्यवसाय शुरु गरेको छु । ’ उनका अनुसार नेपालमा केही हुँदैन, भनेर विदेश जानेक्रम बढिरहेको अवस्थामा सानो लगानीमा आफ्नै ठाउँमा काम गर्न सकिन्छ, भन्ने उद्देश्य रहेको छ ।  यस्तै उनले नाम दारीको चिया पसल भएयता पनि यहाँ थारू परिकार तथा अन्य परिकारहरू पाइने समेत बताए । उनले भने,‘ अहिले सानो लगानीबाट यो व्यवसाय शुरु गरेको छु । सञ्चालन भएपछि राम्रै भएको छ । व्यापार व्यवसाय गर्नलाई धेरै लगानी चाहिँदैन्, बरु गुणस्तर र स्वच्छतामा ध्यान दिनु पर्छ । ’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार