कमलको उपचारको लागि आर्थिक सहयोग

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन २३ गते बुधवार

दाङ :  तुलसीपुर उपमहानगरपालिका ५ का १३ वर्षीय  कमल घर्ती ( सुनिल )  को उपचारको लागि जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था  लिमिटेड केन्द्र नम्बर १६९ समुहले साढे ६ हजार बढि सहयोग गरेका छन् । समुहमा आवद्ध सदस्यहरूले सुनिलको घर मै पुगेर ६ हजार ६ सय सहयोग हस्तान्तर गरेका थिए ।  जसमा  पुष्प रजौरेले  ५ सय ,  निमा राना १ हजार  , निर्मला बिक ५ सय  , पार्वती पुन १ हजार , गङ्गा पुन ६ सय , कमला थापा ५ सय , कमला बिक ५ सय  ,निर्मला बिक ५ सय सहयोग गरेका थिए । यस्तै बनमाली घर्ती ५ सय , अमृता बि क ५ सय , शितली घर्ती ५ सय र सर्मिला बूढा ५ सय सहयोग गरेका हुन् । सुनिल विगत २ वर्ष देखी कलेजाको रोगले ग्रसित भएर घरमै थलिएका छन् । उनलाई आफूहरूको सानो सहयोगबाट उपचारमा थोरै राहत मिलोस्, भन्ने उद्देश्यले सहयोग गरेको समुहको भनाइ छ । 

कक्षा ७ मा पढ्दै गरेका १३ वर्षीय सुनिल खान र बोल्न समेत नसक्ने भएका छन् । सुनिलको घरमा सुनिलकी दिदी हिरा घर्ती पनि उस्तै बिरामी भएको बुवा वेद बहादुर घर्तिले बताए । सहिद स्मृति विद्यालय कक्षा ८ मा अध्ययनरत १९ बर्षिया हिरा घर्ती मगर पनि विगत ४ वर्ष देखि यही रोग वाट थलिएकी छन् । गरिब परिवार त्यसमा पनि दुई सन्तान दीर्घ रोगबाट पीडित भए पछि आफूहरू दिन रात आशुमा बित्ने गरेको आमा गोमा घर्ती मगरले बताइन । जेठी छोरीको विवाह भै सकेको र बाकी दुई सन्तान बिरामी भएपछि घर्ती परिवारलाई आर्थिक समस्या भएको छ । दुई सन्तानलाई उपचार गर्न सक्ने आफ्नो आर्थिक अवस्था नभएपछि बुवा वेद बहादुरले आर्थिक सहयोगको याचना गरेका  छन ।उनले एभरेष्ट बैंक तुलसीपुरमा ०३३००५०१२१६४६८ नम्बरको खाता खोलिएको हुँदा सक्दो आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार