दाङ : दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरूको आज बुधबार आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुर दाङको टोलीले बुधबार ज्योतिपुञ्ज मा आँखा जाँच गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाले जानकारी दिए ।
आँखा जाँच कार्यक्रममा ८ सय ५७ जना विद्यार्थीको आँखा जाँच गरिएकोमा ३३ जना विद्यार्थीहरूलाई चश्मा लगाउनुपर्ने अवस्थामा पुगेको भेटिएको र ४ जनालाई थप जाँच गर्नका लागि अस्पताल जान सल्लाह दिइएको उपचारमा संलग्न अस्पतालका नेत्र सहायक सपना गौतमले जानकारी दिए ।
टोलीमा सहभागि दिपा वली, दीपक महत, हिरा वली, विजया भट्टराई र शर्मिला चौधरीले आँखा जाँच गरेका थिए । । आँखा जाँचपछि चश्मा लगाउनु पर्ने विद्यार्थीहरूलाई निशुल्क चश्मा समेत प्रदान गरिने विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिए । आँखा जाँच कार्यक्रममा शिक्षक र कर्मचारी गरी ६० जनाको समेत आँखा परिक्षण गरिएको थियो । विद्यालयको वार्षिक कार्यक्रम अनुसार विद्यार्थीहरूको स्वास्थ्यप्रति ध्यान दिँदै आँखा जाँच गरिएको प्रिन्सिपल अधिकारीको भनाई छ ।