अलपत्र नमुना पार्क

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन २३ गते बुधवार

दाङ :  तुलसीपुर उपमहानगरपालिका ८ को वडा कार्यालय नजिकै राधाकृष्ण मन्दिरको मातहतमा रहेको धार्मिक बनको  नमुना पार्क बनाउने  भन्दै आर्थिक वर्ष २०७८ /  ७९ मा २० लाख बजेट आयो । लुम्बिनी प्रदेश सरकारबाट आएको बजेटबाट पार्कमा केही काम भयो । तर, अहिले त्यो पार्कलाई बनमाराले खाएको छ, जसले गर्दा पार्क जस्तो नभएको र पैसामा मात्र खर्च भएको स्थानीयहरूको भनाइ छ ।

मन्दिरको मातहतमा रहेको धार्मिक बनमा  पार्क निर्माण गरियो । पार्क आउनको  लागि  सडक  आरसीसी  , बस्नको लागि केही संरचनाहरू र फूलहरू लगाइएको  थियो । गाउँमा सुन्दर पार्क बन्न लागेको भन्दै स्थानीयहरू पनि खुशी थिए । तर, अहिले पार्क अलपत्र अवस्थामा पार्क जस्तो नभएपछि राज्यको पैसा  मात्र नोक्सानी भएको स्थानीय विक्रम गौतमले बताए ।  मन्दिरको नाममा रहेको ठाउँमा पार्क बनाएको र यसको हेरचाह पनि मन्दिर वा समितिले गर्नु पर्ने भएयता पनि चासो नदिँदा अहिले पार्क जस्तो नभएको उनको भनाइ छ ।

पार्कको उत्तरतर्फ फुटबल मैदान र दक्षिणतर्फ रूखहरू भएको भएयता पनि मैदानमा पोखरी बनाइएको छ, भने रूखहरू पनि नभएको उनको भनाइ छ । २० लाख राज्यले लगानी गरेर बनाएका संरचनाहरू हेरचाह नगर्दा राज्यको पैसामात्र  खेरा गएको उनको भनाइ छ ।  करिब १२ बिगाहा क्षेत्रफल रहेको ठाउँमा पार्क बनाइएको छ । पार्कमा एउटा ठुलो पोखरी पनि निर्माण छ । तर, त्यसमा पानी छैन्, । पार्कमा रोपेको फूलहरू छैन्, बनाएका संरचनाहरू पनि संरक्षण नहुँदा जीर्ण भएका छन् । राज्यको पैसा मात्र खेरा गएको अर्का स्थानीय फर्साराम भण्डारीले बताए ।

शुरुमा मन्दिर व्यवस्थापन समितिले यसलाई पार्कको रुपमा विकास गर्न लाग्दा राम्रो भएयता पनि संरक्षणको अभावका कारण अहिले यस्तो अवस्था भएको तुलसीपुर उपमहानगरपालिका ८ का वडाध्यक्ष धर्म वलीले बताए । पार्क निर्माणको लागि प्रदेश सरकारको बजेट बन कार्यालयको मातहतबाट आएको समेत उनले बताए ।  त्यो  बजेटबाट पार्कमा सडक, बस्नको लागि गोल घरहरू र विभिन्न संरचनाहरू बनाउँदा राम्रो भएयता पनि समितिले संरक्षणमा ध्यान नदिँदा अहिले यस्तो भएको उनको भनाइ छ ।संरक्षणको अभावका कारण निर्माण गरेका संरचनाहरू भत्किएर जादा खेरा गएको समेत उनले  बताए ।

मन्दिरको धार्मिक बन अन्तर्गत जग्गा पर्ने र समितिले व्यवस्थापन गर्न नसक्दा पार्क जुन उद्देश्यले बनाउन खोजिएको थियो, त्यो अनुसार नभएको उनको भनाइ छ । यस्तै उनले यसलाई सबै मिलेर नमुना पार्कको रुपमा बनाउनको लागि संरक्षण गर्नु पर्ने दायित्व रहेको समेत बताए । उनले भने,‘ यसलाई राम्रो बनाउनु पर्छ, भन्नेमा हामीलाई पनि लागेका छ । पार्कमा पानी पोखरी निर्माण गर्नको लागि स्थानीय सरकारको पनि लगानी लागेको छ । एउटा टहरा पनि निर्माण भएको छ । यसलाई व्यवस्थित गर्नको लागि  एउटा  कार्ययोजना बनाएर अगाडि बढ्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार