दाङ : आइतबारदेखि सुरु हुने भनिएको तेस्रो हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिता २०८० पानी परेका कारण स्थगित भएको छ । दाङको तुलसीपुरमा रहेको अरनिको मैदानमा हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा सञ्चालन हुने प्रतियोगिता अर्को सूचना जारी नभएसम्मका लागि पानी परेका कारण स्थगित भएको फाउण्डेसनले जनाएको छ ।
२०७६ साल चैत्र ३ गते एक हतियार धारी समुहको आक्रमणमा परी ज्यान गुमाएका फुटबल खेलाडी हिरा डाँगीको सम्झनामा प्रत्येक वर्ष आयोजना हुने फुटबल प्रतियोगिता यस वर्ष पनि हुँदैछ । आज मध्याह्न साढे १२ बजे उद्घाटन गरिने योजना रहेको थियो तर पानी परेका कारण खेल स्थगित गरिएको फाउन्डेसनका अध्यक्ष पोखर सिंह डाँगीले जानकारी दिएका छन । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको भएयता पनि स्थगित मौसमका कारण गर्नु परेको उनले बताएका छन ।