दाङ : तुलसीपुरको सितलपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकल चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १ साइगाँउका ३३ वर्षीय सुरेश चन्द पाठकको उपचारका क्रममा मृत्यु भएको छ । गम्भीर घाइते पाठकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएकोमा उनको दिउँसो साढे १२ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।
पाठकलाई बिहान ११ : २० बजेतिर ट्रकले ठक्कर दिएको थियो । तुलसीपुरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको बागमती प्रदेश ०१००३ क ९७५६ नम्बरको मालबाहक ट्रकले विपरित दिशाबाट आउँदै गरेको भे १२ प ३४२२ नम्बरको मोटरसाइकललाई तुलसीपुर उपमहानगरपालिका १२ सितलपुर नजिकै ठक्कर दिएको थियो । मृतक पाठक मार्केटिङमा काम गर्ने युवक रहेको भन्ने खुलेको प्रहरी निरीक्षक मल्लले बताए । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।