दाङ : घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फुटेको पित्तथैलीको जटिल अप्रेसन सफलतापूर्वक सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुर निवासी ५१ वर्षीया महिलाको फुटेको पित्तथैलीको दुरबिन विधिबाट सफल अप्रेसन भएको हो । ५ दिनदेखि पित्तथैलीका संक्रमण भएर अस्पतालमा उपचाररत विरामको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले बताए ।
प्रतिष्ठानका सर्जन डा. अभिषेक पौडेल नेतृत्वमा सर्जन डा. आनन्द न्यौपानेसहित एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल भट्टराईसहितको चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूको टोलीले फुटेको पित्तथैलीको अप्रेसन गरेको उनले बताए । उपचारको क्रममा पित्तथैली फुटेको पत्ता लागेपछि अप्रेसन गरेर जोगिएको अप्रेसनमा संलग्न सर्जन चिकित्सक डा। अभिषेक पौडेलले बताए । उनले पित्तथैली फुटेकै कारण बिरामीको ज्यान जान सक्ने अवस्था भएकाले समयमै अप्रेसनपछि बिरामीको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको बताए ।