तालिम लिएपछि व्यवहारमा केही नयाँ हुन आवश्यक : नगरप्रवक्ता वली

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन २० गते आइतवार


दाङ :  तुलसीपुर उपमहानगरपालिका    १८ स्थित मुक्त कम्लहरीद्धारा सञ्चालित गन्यारी कृषि सहकारी संस्थाले बिजौरीमा ३ दिने मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका १८ का वडाध्यक्ष माधव वलीले यो तालिमले व्यक्ति मात्रै नभएर पुरै समाजलाई फाइदा हुने कुरामा जोड दिए ।  

‘तालिम लिए पछि समाजमा केही न केही नयाँ गर्नुपर्ने जिम्मेवारी देखियो ’उनले भने– ‘अब तालिम लिए पछि फरक हुनुपर्छ’ । अब हाम्रा खानपिनलाई पनि अलि अलि परिवर्तन गर्न आवश्यक रहेको बताउँदै नगर प्रवक्ता समेत रहेका वलीले भने– ‘अब हाम्रो खानपिनको संस्कारलाई परिवर्तन गर्नु पर्ने हुन्छ ।  खानपिनबाटै हामीलाई ठुला–ठुला रोगले सताइरहेको छ । हाम्रा उत्पादनमा पूर्ण रुपमा अर्गानिक हुन आवश्यक छ’ ।  तुलसीपु उपमहानगरपालिका कृषि शाखा प्रमुख धनराज गौतमले यो हिपलाई व्यवहारमा लागू गर्न सुझाब दिए ।

मुक्त कम्लहरी विकास मञ्चका केन्द्रिय सदस्य रुपनी चौधरीले आफ्नो जीवनमा लागू गर्नुपर्ने कुरामा जोड दिइन । उक्त समापन कार्यक्रममा प्रशिक्षार्थी माया चौधरी र जंगबहादुर वलीले यो तालिमले धेरै कुराको ज्ञान भएको भन्दै सीपलाई व्यवहारमा उतार्ने बताए ।  गन्यारी सहकारीका सचिव सम्झना चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सञ्चालक व्यवस्थापक शुसिला चौधरीले गरेकी थिइन भने सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका  १ देखि १९ वडा भित्रका २० जना महिला कृषकहरूको सहभागिता रहेको थियो भने भने फागुन १७ देखि १९ गते ( तिन ३ दिने ) सञ्चालित तालिमका प्रशिक्षकहरुमा ओम प्रकाश न्यौपाने, धनराज गौतम, कुलराज चौधरी, रग वहादुर ववालववी न्यौपाने रहेका थिए  ।  समापन कार्यक्रममा बिउ बिजन पनि सहभागी कृषकलाई वितरण गरिएको थियो ।  उक्त तालिमका लागि आर्थिक सहयोग तुलसीपुर उपमहानगरपालिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार