डेमोक्रेटिक एग्रिकल्चरिस्टको प्रादेशिक भेला सम्पन्न

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन १९ गते शनिवार

भैरहवा :  डेमोक्रेटिक एग्रिकल्चरिस्ट एसोसिएसन नेपाल ( डान ), लुम्बिनी प्रदेशको प्रादेशिक भेला तथा दोस्रो प्रदेश अधिवेशन भैरहवामा सम्पन्न भएको छ। डान लुम्बिनीका संयोजक नवराज भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस रूपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडको विशिष्ट आतिथ्यता तथा नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङको आतिथ्यता रहेको थियो। 

कार्यक्रमका प्रमुख अतिथि प्रदेश योजना आयोगका उपाध्यक्ष डा . नकुल केसीले पार्टीको व्यवस्था गरि विज्ञलाई पार्टीमा उचित भूमिका दिँदा  पार्टी र देश दुवैलाई फाइदा हुने जनाएका छन । त्यस्तै विशेष अतिथि रामकृष्ण खाणले डानलाई पेशाको हकहित र मर्यादा कायम गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।कार्यक्रमका अध्यक्ष नवराज भण्डारीले डानले आगामी दिनहरूमा प्रदेशको कृषि सम्बन्धी विविध योजना सहित योजना आयोगलाई बुझाउने बताए । 

अधिवेशनले डान लुम्बिनी प्रदेशको ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ। गहुँ बाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक लक्ष्मण अर्याल संयोजक रहेको समितिमा एनसीडीसी दाङका कृषि कार्यक्रम संयोजक शशाङ्कबाबु आचार्य सहसंयोजक, गुल्मीका कृषि विज्ञ सन्देश भण्डारी सचिव, पक्लिहवा कृषि क्याम्पसकी उपप्राध्यापक पूजा थापा कोषाध्यक्ष रहेका छन भने सदस्यहरूमा पक्लिहवा कृषि क्याम्पसकै उपप्राध्यापक डा अनु दुवाल, कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष चौधरी तथा माण्डवी गाउँपालिका प्युठानका कृषि अधिकृत सनत केसी रहेका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार