अन्तर विद्यालय छात्रा फुटसलको उपाधि मावि  सेन्टरलाई 

Author Logo..
लक्ष्मण बस्नेत २०८० फाल्गुन १८ गते शुक्रवार


दाङ :  दाङ जिल्ला अन्तर विद्यालय स्तरीय छात्रा फुटसल प्रतियोगिता २०८० को उपाधि मावि  तुलसीपुर सेन्टरले जितेको छ । दाङ जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा साधना पाठशाला तुलसीपुर ९ बेलुवा लाई शून्यका विरुद्ध चार गोलले पराजित गर्दै मावि तुलसीपुर सेन्टरले उपाधि जितेको हो । उपाधिसँगै उसले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्र हात पार्‍यो । फाइनलमा हार ब्यहोरेको साधना पाठशाला उपविजेतामा सीमित रहँदै नगद १५ हजार ,कप, मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो  ।

विद्यालय   स्तर बाट फुटबल खेलको विकास र बिस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका सामुदायिक तथा संस्थागत गरि ८ विद्यालयको सहभागिता रहेको थियो ।  दाङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जात धितालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता समापन समारोहमा विजेता मावि तुलसीपुर सेन्टर, उपविजेता साधना पाठशाला, अनुशासित टिम सप्तरङ्गी बोर्डिङ स्कुल, तथा उत्कृष्ट खेलाडी मावि  तुलसीपुर सेन्टरकी आयुषा गिरि, सर्वाधिक गोलकर्ता मावि  सेन्टरकै कमला वली र उत्कृष्ट गोल रक्षक साधना पाठशालाकी तुलसा रोका मगरलाई पुरस्कार, ट्रफी प्रमाणपत्र प्रदान गरिएको थियो ।

तेक्वान्दोका अन्तराष्ट्रिय खेलाडी मोहन सुनारको स्वागत रहेको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपमेयर चौधरी, मावि  तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेल, राप्ती बाल एकेडेमी तुलसीपुरका प्रिन्सिपल ठाकुर प्रसाद डाँगी लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमको सञ्चालन संघका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार