पोखरीमा डुबेर एक वृद्धाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन १८ गते शुक्रवार

दाङ : दाङमा पोखरीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । बबई गाउँपालिका  १ जिला बालुवा भन्ने ठाउँमा पोखरीमा डुबेको अवस्थामा अन्दाजी ७२ वर्षीया पूर्णकली कुमालको शव फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक ( प्रमुख ) अजय जङ्ग थापाले जानकारी दिए । शव सडेगलेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक थापाले बताए । उनका अनुसार करिब ५ /  ६ दिन अगाडि पोखरीमा डुबेर मृत्यु भएको हुने सक्ने अनुमान गरिएको छ ।

पोखरीमा कुमालको शव डुबेको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए । बिहीबार राती ८ बजे प्रहरीले खवर पाएपछि इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक थापाको टोली शव भएको ठाउँमा करिब बिहान १ बजे पुगेको थियो । घर सल्यान भएको र सो गाउँमा काइली छोरी भविसार बोटेको घरमा आएको बेला पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  शवको पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार