आजदेखि लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन १८ गते शुक्रवार

दाङ :  लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबार शुरु हुँदैछ। दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए। उनका अनुसार आजको बैठकमा सभामुखले  प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धीे, मौजुदा मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजनसम्बन्धी र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।

यस्तै दलको तर्फबाट प्रदेश सभा सदस्यले शुभकामना व्यक्त गर्ने कार्यसूची पनि छ। यस्तै शनिबार प्रदेश सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार