दाङ : बंगलाचुली गाउँपालिका ५ मा रहेको सुधा माध्यामिक विद्यालय झेलनेटाको ६३ औँ वार्षिक उत्सव कार्यक्रम बिहीबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यनुराज खत्रीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष भक्त बहादुर जिसीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुनमगरले गाउँपालिकाको शिक्षाको विकासका लागि गाउँपालिकाले वर्षेनी कराडौँको लगानी गरिरहेको बताए ।
उनले शिक्षा नै मानवीय विकासको आधार रहेको हुँदा गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएको बताए। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष पुनले समाजमा रहेका नागरिकमा शिक्षाको कमी भएमा समाज अँध्यारो तर्फ धकेलिने खतरा रहेको भन्दै शिक्षा विनाको व्यक्ति तथा समाजको कल्पना गर्न नसकिने बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले गाउँपालिकामा रहेका हरेक विद्यालयको विकासका लागि आफूहरू अग्रसर रहेको बताए ।
उनले समुन्नत समाज निर्माणका लागि शिक्षा नै पहिलो आधार रहेको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्लीकान्त आचार्यले विद्यालयको आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरे । सो अवसरमा विद्यालयमा स्थापित विभिन्न अक्षयकोषबाट विद्यार्थीहरूलाई सम्मान एवं पुरस्कृत गरिएको थियो , भने विद्यालयमा ३७ वर्ष सम्म निरन्तर अध्यापन गराई रहनुभएका पुराना शिक्षक सोम बहादुर वलीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका ५ का अध्यक्ष लिला बहादुर घर्ती, ६ का अध्यक्ष डोम बहादुर केसी, गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक डेमराज पुन लगायतले बोलको थिए । शिक्षक सोम बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक बाबुराम पौडेलले गरेका थिए ।