दाङ : तुलसीपुर उपमहानगरपालिका १८ स्थित गन्यारी कृषि सहकारी संस्था बिजौरीमा बिहिबारदेखि ३ दिने मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सुरु भएको छ । तुलसीपुर उपमहानगर पालिकाका उपप्रमुख स्यानी चौधरीले तालिमले पर्याप्त नहोला तर यस्ता तालिमहरू धेरै लिन आवश्यक भएको बताइन । यो तिन दिने तालिम खासका छोटो हो तर पनि यो तालिमले तपाइएको जीवनलाई केही परिवर्तन ल्याउन सक्छ भन्नेमा म आशावादी छु । प्रमुख अतिथि समेत रहेकी चौधरीले भनिन– तालिमले तपाइएको जीवनलाई केही न केही कुरा सिकाउने छ । हामी केही कुरा बुझ्न सकेनौ भने हामी झन पछाडि पर्छो । त्यसैले तपाई सँगै तपाइएको समाजमा पनि यो सीपको महत्व हुन जान्छ ।
कार्यक्रमका विशिष्ट अतिथि तथा तुलसीपुर उपमहानगरपालिका १८ का वडाध्यक्ष माधव वलीले यो तालिमले व्यक्ति मात्रै नभएर पुरै समाजलाई फाइदा हुने कुरामा जोड दिए । श्रमले सीप सिकाउँछ अनि सीपले चेतनाको विकास गर्छ र चेतनाले संस्कारको विकास गर्छ अनि हामी आज त्यही संस्कारमा वाचेका छौ उनले भने – अव हाम्रा सीप पनि आधुनिक तरिकाले गर्नुपर्ने छ । ‘पुरानो शैलीबाट जुन प्रकारको श्रम गर्छौ, त्यसबाट हामीलाई श्रम अनुसारको उत्पादन हुँदैन अव आधुनिक तरिकाले खेती गर्न आवश्यकता छ’ उनले भने । पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले भने– अव हामीले अर्गानिक तरकारीको खेती गर्न सुझाव दिए ।
उनले भने, हामी आफै खाने तरकारी हो किन अर्गानिक तरिकाले मौसमी या बेमौसमी खेती किन नगर्ने ? अव तालिम लिएपछि आफैं स्वयम् खेती गर्न आवश्यक छ । तालिमलाई व्यवहारमा उतार्नु होला रावतले भने । मुक्त कम्लहरी विकास मञ्चका केन्द्रिय सदस्य रुपनी चौधरीले आफ्नो जीवनमा लागू गर्नुपर्ने कुरामा जोड दिइन । गन्यारी सहकारीका सचिव सम्झना चौधरीको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको सञ्चालक व्यवस्थापक शुसिला चौधरीले गरेकि थिइन , भने सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । उक्त कार्याक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नंबर १ देखि १९ वडा भित्रका २० जना महिला कृृषकहरुको सहभागिता रहेको छ भने उक्त ३ दिने तालिममा प्रशिक्षकहरुमा ओम प्रकाश न्यौपाने, धनराज गौतम, कुलराज चौधरी, रग वहादुर ववाल र ववी न्यौपाने रहेका छन । तालिमका लागि आर्थिक सहयोग तुलसीपुर उपमहानगरपालिका रहेको छ ।