फिल्म ‘एक्टर’ मा प्रदीप र दिव्याको जोडी

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन १७ गते बिहिवार

काठमाडौं :  अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘एक्टर’मा नवअभिनेत्रीको रुपमा दिव्या रायमाझी जोडिएकी छन् । निर्माणपक्ष र दिव्याका तर्फबाट उनका अभिनेता पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझी बीच फिल्मका लागि कागजी सम्झौता भएको छ । निर्माण पक्षका अनुसार दिव्याले भर्चुअल कुराकानीपछि फिल्ममा काम गर्न सहमति जनाएकी थिइन् ।

अमेरिकामा अध्ययनरत रहेकी दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि दिव्याले यो फिल्ममा काम गर्न राजी भएको बताएकी छिन् । दिव्या अब यही फिल्मका लागि केही सातापछि नेपाल आउँदैछिन् ।फिल्ममा नायिका आना शर्मा र नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका रहनेछ ।  

राजन भुसालको निर्देशन रहने फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । उदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सहनिर्मातामा एनिस भुसाल छन् । फिल्मको छायांकन वैशाख पहिलो साताबाट सुरु हुनेछ । फिल्मलाई आगामी वर्षको कात्तिक १५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ । फिल्ममा रीत बोहरा सहयोगी निर्देशकको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार