प्रतिष्ठानमा पेटमा भएको अण्डा दुरबिन विधिबाट अप्रेसन गरेर अण्डकोषमा ल्याइयो

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन १६ गते बुधवार


दाङ :  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना बालकको शल्यक्रिया गरेर अण्डकोषमा अण्डा ल्याइएको छ । ११ वर्षीय बालक उपचारको सिलसिलामा प्रतिष्ठान आएपछि चिकित्सकहरूको परामर्शमा पेटमा भएको अण्डालाई बच्चाको अण्डकोषमा झारिएको हो । पूर्वी रुकुमको सिस्ने गाउँपालिका   ७ घर भएका बिरामीको रोगको डाइग्नोसिस गर्नेक्रममा अण्डकोषमा अण्डा फेला नपरेपछि दुरबिन विधिबाट अप्रेसन गरेर पेटमा भएको अण्डा अण्डकोषमा ल्याइएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए ।

प्रतिष्ठानका सर्जन डा. अभिषेक पौडेलको नेतृत्वमा रहेको एनेस्थेसियोलोजिष्ट डा.  प्रज्वल भट्टराईसहित चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरूको टोलीले सफल अप्रेसन गरेको हो । ‘ बिरामी बच्चा ११ वर्षपछि उपचारको क्रममा प्रतिष्ठान आइपुगेको हो, हामिले राम्रो तरिकाले रोगको डाइग्नोसिस गर्नेक्रममा बच्चाको अण्डकोषमा रहेको अण्डा नै नरहेको भेटियो– अप्रेसन संलग्न चिकित्सक सर्जन डा. पौडेलले भन, ‘पेटमा भएको अण्डा दुरबिन विधिबाट अप्रेसन गरेर अण्डकोषमा ल्याउन सफल भयौ ।’बिरामीको उपचारपछि अवस्था सामान्य रहेपछि आज नै घर डिस्चार्ज गरिएको सूचना अधिकारी भट्टराईले बताए ।

लामो समयपछि बिरामी उपचारको क्रममा अस्पताल आएका कारण त्यो कुरा पत्ता लाग्न गएको भन्दै सर्जन डा. पौडेलले उमेर बढ्दै जाँदा अण्डकोषमा अण्डा नहुँदा भविष्यमा बच्चाको प्रजनन स्वास्थ्यमा समस्या हुने, अण्डा सानो हुँदै जाने र क्रमश सुक्दै जाने, अण्डामा क्यान्सर हुने लगायतका थुप्रै समस्या देखिन सक्ने खतरा भएकाले बच्चाले समयमै उपचार पाएका कारण त्यो बाट मुक्त भएको बताए । अधिकांशको जन्मने क्रममै अण्डकोषमा अण्डा आउने भएपनि, तर कसैको नआएमा अण्डकोषमा अण्डा शल्यक्रियाबाट ल्याउन सकिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार