आज नेपालले नेदरल्याण्ड्स भिड्दै

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन १६ गते बुधवार

काठमाडौं : त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा बुधबार नेपालले नेदरल्याण्ड्सको सामना गर्दैछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ बजे शुरु हुनेछ।

पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २-० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ। नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म टी-२० आईमा ९ खेल भएका छन्। दुवैले समान चार खेलमा जित र हार व्यहोरेका छन्। एक खेल रद्द भएको थियो।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार